राष्ट्र बैंकले ल्यायो आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र

राष्ट्र बैंकले ल्यायो आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र ल्याएको छ।

राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका अनुसार बचत पत्रको लागि आगामी जेठ १८ देखि असार ६ गतेसम्म बचत पत्रका लागि आवेदन दिन सकिनेछ।

यो बचतपत्रमा वैदेशिक रोजगारीमा गएका नेपाली तथा गैरआवासीय नेपालीहरुले रकम राख्न सक्नेछन्।

वैदेशिक रोजगार बचतपत्र–२०८४ नाम दिइएको यस बचतपत्र ५ वर्ष पछि अर्थात २०८४ सालमा परिपक्व हुनेछ ।

यसमा ब्याजदर १२ दशमलव ५० प्रतिशत दिइने विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जनाए।

विभागले गैरआवासीय नेपाली संघ (एनआरनए) लाई पत्रचार गर्दै वैदेशिक रोजगार बचतपत्रमा आवेदन दिन आग्रह समेत गरेको छ।

बचतपत्रको फाराम राष्ट्र बैंकको वेभसाइटमा https://obss.nrb.org.np/saving/ मा उपलब्ध छ।