अन्तर्राष्ट्रिय झापाली समाजमा नयाँ नेतृत्व, अध्यक्षमा ओली
काठमाडौं। अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो तेस्रो अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ। तेस्रो महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि दीपकप्रसाद ओलीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो।
अध्यक्षमा चुनिएका ओली इजरायलमा व्यवसाय गर्दै आएका छन्।
विश्वभर रहेका झापालीहरुको साझा संगठन झापाली समाजकाे यसपटकको महाधिवेशन भर्चुअलरुपमा आयोजना गरिएको नवनिर्वाचित अध्यक्ष ओलीले प्रवास खबरलाई बताए।
अधिवेशनले अमेरिकाका मुकुन्द ढुंगानालाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ। यस्तै उपाध्यक्षमा महेन्द्र चम्लागाई (कतार) र दिपक चुडाल (अस्ट्रेलिया) चयन भएका छन्।
यसैगरी कतारका नगेन्द्रप्रसाद पोख्रेल (नवीन) ले महासचिवको जिम्मेवारी पाएका छन्।
त्यस्तै सचिवमा अष्ट्रेलियका अजय राजवंशी चयन भएका छन्।
यसैगरी क्षेत्रीय संयोजकहरुमा प्रदिप तिम्सिना (अमेरिका), चुडामणि कार्की (मध्यपूर्व), उमेश पोख्रेल (अस्ट्रेलिया), ललित न्यौपाने (युरोप), रहेका छन् ।
यस्तै क्षेत्रीय सह–संयोजकमा प्रसन्ना सङ्ग्रौला (अमेरिका चयन भएका छन्।
त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा तुलसीप्रसाद सिवाकोटी (जर्मनी, रवीन गिरी (साउदी अरब), अर्कराज तिम्सिना (बेलायत), चनिलाल राजवंशी कतार रहेका छन्।