कतारमा नीजि क्षेत्रका श्रमिकलाई ३ दिन बिदा

दोहा।कतारमा इद अल- फित्रको अवसरमा नीजि क्षेत्रका श्रमिकले तीन दिन बिदा पाउने भएका छन्।
कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका संस्थानहरुमा कार्यरत श्रमिकलाई तीन दिन बिदा दिने घोषणा गरेको हो।
मन्त्रालयले आफ्नो सूचनामा यदि कुनै कारणवश ईद विदाअवधिभर कुनै श्रमिकले काम गर्नुपरेमा श्रम कानुनको धारा (७४) मा उल्लेख भएबमोजिम ओभरटाइम र भत्ताको व्यवस्थाअनुरुप रोजगारदाताले श्रमिकलाई सुविधा दिनुपर्ने बताएको छ।
मन्त्रालयले इद अल- फित्रको अवसरमा रोजगारदाता एवं श्रमिकलाई शुभकामना समेत व्यक्त गरेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर