कतारमा इदको पहिलो दिन सोमबार

कतारमा इदको पहिलो दिन सोमबार

दोहा । इस्लाम धर्मालम्बीहरुको महान पर्व इद–अल फितर कतारमा सोमबार (२ मे) देखि सुरु हुने भएको छ।

शनिबार शवालको चन्द्रमा नदेखिएकाले इद अल फित्र सोमबारदेखि सुरु हुने अक्वाफ तथा इस्लामिक मामिला मन्त्रालयले पुष्टि गरेको छ।

जसअनुसार, आइतबार रमदानको अन्तिम दिन हुने र सोमबार शव्वाल (इस्लामिक क्यालेण्डर) को पहिलो दिन हुनेछ।