एनआरएनए विश्व स्वास्थ्य समितिको नेतृत्वमा पुन : डा. सापकोटा

एनआरएनए विश्व स्वास्थ्य समितिको नेतृत्वमा पुन : डा. सापकोटा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको विश्व स्वास्थ्य समितिमा संयोजकको जिम्मेवारी पुन : डा सन्जिव सापकोटाले पाएका छन्।

संघको शनिबार बसेको ८५ औं बैठकले सापकोटालाई पुन : संयोजकको जिम्मेवारी दिएको हो।

अमेरिका निवासी डा. सापकोटा ग्लोवल नेपाली हेल्थ विज्ञ समेत हुन् । उनले कोभिड महामारीका बेला विदेशमा रहेका नेपालीहरुको तथ्यांक संकलन तथा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेका थिए।

विदेशमा रहेका नेपालीलाई कोभिड महामारीमा रोजगार गुमाएका कारण आत्महत्याको मनस्थितीमा पुगेकाहरुलाई जोगाउन उनको टीमले खेलेको भूमिकाको एनआएनए वृत्तमा निकै प्रशंसा भएको थियो।

उनीसँग विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायहरूमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ डाटा विश्लेषक र सञ्चार विशेषज्ञलगायत विभिन्न पदहरूमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा काम गरेको २० वर्षभन्दा बढीको अनुभव छ।