नेपालमा साउदी लक्षित सीप परिक्षण परियोजना संचालन गर्न श्रममन्त्रीको प्रस्ताव

नेपालमा साउदी लक्षित सीप परिक्षण परियोजना संचालन गर्न श्रममन्त्रीको प्रस्ताव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव गरेका छन्।

नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले अहिले साउदी जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ती उत्पादन गर्न सीप परिक्षण परियोजना संचालनको प्रस्ताव गरेका हुन्।

मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदी अरेबियामा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरेका थिए।

सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो।

नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले जोड थियो।

श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवश्रोत आपुर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उनको भनाइ थियो।

राजदू अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताए।

साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन्। करिव चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो ।

नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।



No ads found for this position