कुवेतमा आवासीय नियम उल्लंघन गर्ने २१ आप्रवासी पक्राउ

कुवेतमा आवासीय नियम उल्लंघन गर्ने २१ आप्रवासी पक्राउ

कुवेत सिटी। कुवेतमा  अवैधानिक हैसियतमा बसाेबास गरिरहेका २१ जना आप्रवासी पक्राउ परेका छन्।

कुवेको गृह मन्त्रालयले आवासीय नियम उल्लंघन गरेको अभियोगमा २१ आप्रवासीलाई पक्राउ गरको स्थानीय सञ्चारमाध्यम अरब टाइम्सले जनाएको छ।

उनीहरु सबै जना एसियाली मुलका हुन्।

यस्तै मस्जिदमा बसेर भिख मागेको आरोपमा एक अरबी महिला समेत पक्राउ परेकी छिन्।

उनीहरूलाई आवश्यक कानूनी कारबाहीको लागि सम्बन्धित अधिकारी समक्ष पठाइएको छ।