विश्वकै अग्लो परिवार

विश्वकै अग्लो परिवार

मिनिसोटा । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो। परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन्। ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन्।

उनका पति स्कट ६ फिट ८ इन्च अग्ला छन्। जबकी उनका दुई छोरीहरू सभन्ना र मोली क्रमशः ६ फिट ८ इन्च र ६ फिट ६ इन्च छन्।

ट्र्याप परिवारकी कान्छी सदस्य एडम ट्र्याप ७ फिट ३ इन्च अग्ला छन् । सँगसँगै उनीहरू सबैको उचाई जोड्दा टेनिस कोर्ट मैदानको आधा हुन्छ। परिवारका सबभैन्दा अग्ला ट्र्यापलाई विश्वकै सबैभन्दा अग्लो परिवारको विश्व रेकर्ड राख्ने बिचार आयो। सम्पूर्ण परिवार अर्थोपेडिक्स चिकित्सक डा. अन्ना सुडोहलाई भेटे।

यसलाई आधिकारिक बनाउनको लागि प्रत्येक सदस्यको उचाइ गणना गर्न उभिएर र सुतेर दिनमा तीन पटक नाप्नुपथ्र्यो । सन् २०२० को ६ डिसेम्बरमा गिनिजले ट्र्याप्सलाई विश्वकै सबैभन्दा अग्लो परिबारको मान्यता दिएको थियो।

ट्र्याप परिवारलाई कपडा र जुत्ताहरू किनमेल गर्न पनि समस्या छ। आफूहरूलाई मिल्ने साइज पाइदैन्।



No ads found for this position