कुवेतमा अवैध मदिरा कारखाना चलाउने महिला पक्राउ

कुवेत सिटी । कुवेतमा अवैध मदिरा कारखाना सञ्चालन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। एसियाली मुलुककी भनिएकी ती महिलाको राष्ट्रियता भने खुलाइएको छैन।
कुवेतको लागूऔषध तथा मदिरा नियन्त्रण महाशाखाका कर्मचारीले उनलाई कुवेतको अल–अहमदी गभर्नरेटबाट पक्राउ गरेको स्थानीय पत्रिका अल–राइ दैनिकले जनाएको छ।
ती महिलाले आफू बसेको अपार्टमेन्टलाई रक्सी उत्पादन गर्ने कारखाना बनाएकी थिइन्।
महाशाखाका कर्मचारीले अपार्टमेन्टबाट कच्चा पदार्थ भरिएका ठूला साइजका प्लाष्टिकका बाल्टिन तथा दुई सय बोतल बरामद गरेर सुरक्षा निकायलाई बुझाइएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर