मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो।
गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो।
सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर