कतारका राजाले दिए जेलमा रहेका २१ नेपालीलाई आममाफी

दोहा।कतार सरकारले यहाँको जेलमा रहेका २१ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका विभिन्न कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।
दोहास्थित नेपाली दूतावासका कतारका अमिर (राजा) मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा विभिन्न कसुरमा कतारको बन्दी गृहमा जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएका हुन् ।
दूतावासकाअनुसार माफी पाउनेमा याैनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र ५ जना आर्थिक हिनामिनामा कसुरदार ठहरी सजाय भाेगिरहेका नेपाली छन्।
क्षमा पाएका नेपालीलाई कतारको सम्बन्धित निकायले जानकारी गराउने दूतावासले जनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर