दुबई : आर्थिक लेनदेनको विवादमा आफ्नै रुममेटलाई मृत्यहुनेगरी कुटपिट गर्ने युवालाई जेल सजाय

दुबई : आर्थिक लेनदेनको विवादमा आफ्नै रुममेटलाई मृत्यहुनेगरी कुटपिट गर्ने युवालाई जेल सजाय सां‌केतीक तस्वीर

दुबई । दुबईको फौजदारी अदालतले एक व्यक्तिलाई आफ्नो रुममेटलाई कुटपिट गरी मारेको अभियोगमा कारबाही गरेको छ।

स्थानीय संचारमाध्यमका अनुसार आर्थिक लेनदेनको विवादमा आफ्नै रुममेटलाई मृत्यु हुनेगरी कुटपिट गरेकोमा अदालतले २८ वर्षीय एक विदेशी युवकलाई तीन वर्षको जेल सजाय सुनाएको हो।अनुसन्धान रिपोर्ट अनुसार यो घटना २०२१ को जनवरीमा भएको थियो।                                                                                                                      एक अरबी नागरिकले आफ्नो सहकर्मीलाई एक व्यक्तिले कुटपिट गरेको देखेपछि प्रहरीमा उजुरी दिएका थिए।          प्रतिवेदनमा उनले आफू र त्यसबेला उपस्थित भएका अन्य व्यक्तिले पीडित र अभियुक्तबीच झगडा साम्य पार्ने प्रयास गरेपनि असफल भएको उल्लेख गरेका थिए।

संदिग्धले पीडितको टाउकोमा प्रहार गरेको र त्यसपछि पीडित बेहोस भएका थिए।

घटनालगत्तै उनीहरुले एम्बुलेन्स बोलाएर पीडितलाई बचाउन खोजेपनि उनको मृत्यु भएको उल्लेख गरिएको छ।

सजाय पूरा भएपछि दोषीलाई देश निकाला गरिने समेत बताइएको छ।