वैदेशिक रोजगारीमा रहेकालाई पनि डलर खाता सुविधा दिनुपर्छ : अध्यक्ष थापा

वैदेशिक रोजगारीमा रहेकालाई पनि डलर खाता सुविधा दिनुपर्छ : अध्यक्ष थापा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष रवीना थापाले वैदेशिक रोजगारीमा रहेकाका लागि पनि डलर खाता खोल्न सुविधा दिनुपर्ने बताएकी छिन्।

‘एक एनआरएनए एक डलर खाता खोल्न थालेका छौं, यसले नेपालको सकंट निराकरण गर्नलाई सहज हुनेछ,’ उनले भनिन्, ‘विदेशमा बसेका नेपालीलाई प्रक्रियामा कुनै बोझ नहोस् भनी सहजकीरण हुन आवश्यक छ।’

‘देशमा मुद्रा सञ्चिती– तरलता, डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले दोस्रो पुस्ताका, कलेज, विद्यालयका विद्यार्थीलाई पनि कम डलरमा पैसा पठाउने व्यवस्था गर्नुपर्ने बताइन्।

जुन देशबाट पैसा आयो, त्यही देशमा मात्र नभई जुनसुकै देशमा पठाउन पाइने व्यवस्था सरकारले गर्नुपर्ने उनको माग छ।

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार नेपाल सरह काम गर्न सुविधा दिनुपर्ने उनको भनाइ छ। ‘जति पनि लगानी गर्न पाउने व्यवस्था होस्’, उनले भनिन्।