बीस देशमा राजदूत सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले खाली रहेका विभिन्न बीस मुलुकका लागि नयाँ राजदूत नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटा र आठ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिको सिफारिस गरेको हो।
श्रोतका अनुसार राजनीतिक दलबाट विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), सर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर ( रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), प्रा.डा रामसुरज राय यादब (डेनमार्क), नवराज सुवेदी (साउदी अरब) र नरेश विक्रम ढकाल राजदूत नियुक्त भएका छन्।
यस्तै परराष्ट्र सेवाबाट ८ देशमा राजदूत नियुक्ति गरिएको छ। जसमा घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी सिफारिस भएका हुन् । परराष्ट्र सेवाबाट को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने बारे भने खुलेको छैन।