रमदानमा माग्दै हिँड्नेविरुद्ध दुबई प्रहरीको एक्सन, १ सय ७८ पक्राउ

रमदानमा माग्दै हिँड्नेविरुद्ध दुबई प्रहरीको एक्सन, १ सय ७८ पक्राउ सांकेतीक तस्वीर

दुबई। मुस्लिम धर्मालम्बीहरुको पवित्र पर्व रमदानमा दान माग्दै हिड्ँने १ सय ७८ जनालाई दुबई प्रहरीले पक्राउ गरेको छ।

‘माग्ने’विरुद्धको अभियानअन्तर्गत १८ मार्चदेखि रमजानको पहिलो दिनसम्म आइपुग्दा १ सय ३४ पुरुष र ४४ महिला गरी जम्मा १ सय ७८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

अपराधिक अनुसन्धानको जनरल विभागमा घुसपैठ विरोधीका कार्यवाहक निर्देशक कर्नल अहमद अल अदिदीले रमदान अघि यूएईमा मगन्ते हुने अपेक्षा गरिएका ठाउँमा निगरानी बढाउँदै एउटा टोली गठन गरिएको बताएका छन्।

कर्नेल अल अदिदीले नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कारवााही गर्ने बताएका छन्। यस किसिमका गैरकानूनी व्यवहारलाई हटाउन अपराध अनुसन्धान महाशाखाको प्रयासले मगन्तेको संख्या घटाउन सफल भएको उनको भनाइ छ।

यूएईमा सहयोगको खाँचो परेकाहरूलाई मद्दत गर्न आधिकारिक र परोपकारी संस्था तयार भएको उनले बताए। उनले आर्थिक सहयोगको खाँचो परेकाहरूलाई दुबई पुलिससँग सम्पर्क गर्न आग्रह समेत गरेका छन्।

‘भिख माग्नु समाज सुरक्षाको लागि गम्भीर हो। यसले यूएईको प्रतिष्ठालाई बर्बाद गर्छ,’ उनले भने, ‘यसले चोरी र पकेटिङका घटना बढाउँछ।’

यूएईको कानूनअनुसार भिख माग्ने जो कोहीलाई ५ हजार दिराम जरिवाना र तीन महिनासम्म कैद हुने प्रावधान छ।

त्यस्तै, मगन्तेहरूको व्यावसायिक गिरोह सञ्चालन गर्ने वा मगन्तेको रूपमा देश बाहिरका मानिसलाई भर्ती गर्नेहरूले छ महिनासम्मको जेल सजाय र १० हजार दिरामसम्म जरिवाना लाग्न सक्ने नियम छ।

दुबई प्रहरीले सर्वसाधारणलाई मगन्तेविरुद्ध टोल–फ्री नम्बर ९०१ मा वा दुबई पुलिस एपमार्फत ‘पुलिस आई सर्भिस’मार्फत उजुरी गर्न आग्रह गरेको छ।

त्यसैगरी, साइबर (मगन्तेहरू र शंकास्पद अनलाइन गतिविधिहरू भएको पाइएमा’ www.ecrime. ae मा उजुरी गर्न पनि प्रहरीले आग्रह गरेको छ।