देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, नेपाल–भारत द्विपक्षीय बैठक सुरु
काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ ।
भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ ।
भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।
बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
ताजा अपडेट
प्रवास खबर
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
प्रवास खबर
नेपाल प्रहरीमा जनालाई जागिरको अवसर
प्रवास खबर