एनआरएनएको नेतृत्व तीन जनाको काँधमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन भएको छ। संघमा तीन जना अध्यक्ष रहने घोषणा गरिएको छ। कुल आचार्य, रबिना थापा र डा. बद्री केसी अध्यक्ष चुनिएका छन्।
करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो ।
तीन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो ।
पहिलो बैठकको अध्यक्षता आचार्यले गर्ने छन् । दोस्रो थापा र तेस्रो केसीले अध्यक्षता गर्ने तय भएको छ । डेढ वर्षको कार्यकालका लागि तीन जना अध्यक्षले ६/६ महिना कार्यकारी अधिकार प्रयोग गर्ने छन्।
उपाध्यक्षमा ११ जना चयन गरिएको छ । भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ रविन्द्रर, डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट, आरके शर्मा चयन गरिएको छ ।
महिला उपाध्यक्षमा विष्णुमाया परियार र यसमिन बेगम चयन भएका छन् ।
युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ निर्वाचित भएका छन् ।
महासचिव गौरीराज जोशी र केशवप्रसाद पौडेल निर्वाचित भएका छन् ।
६ जना उपमहासचिव निर्वाचित भएका छन् । गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ रामशरण सिंखडा र विनय अधिकारी निर्वाचित भएका छन्।
सचिव १० जना चुनिएका छन् । चिरज्जीवी घिमिरे,, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे, राजन त्रिपाठी निर्वाचित भएका छन्।
महिला सचिवमा डा अलिनी पोखरेल र टिका गुरुङ निर्वाचित भएका छन् ।
कोषाध्यक्ष तीन जना निर्वाचित भएका छन् । सुनिल शाह, लोक दाहाल र फनिन्द्र पन्त निर्वाचित भएका छन्।
सह कोषाध्यक्ष दीपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना र लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी निर्वाचित भएका छन्।
महिला सहकोषाध्यक्ष अमृता थापा, यमुना भट्टराई र योगिता थापा निर्वाचित भएका छन्।
युवा संयोजकमा अब्बुल बासित र रबिन्द्र खड्का, महिला संयोजकमा विमला सापकोटा, संगिता मरहठ्ठा निर्वाचित भएका छन्।
प्रवक्ता सोम सापकोटा र शिव बडुवाल चुनिएका छन्।
क्षेत्रीय संयोजकमा अमेरिका रामजी पोखरेल र प्रकाश सापकोटा, उपसंयोजकमा अभिमन्यु बस्नेत, पुरुषोतम बोहोरा, रामकुमार सुवेदी र तुला भट्टचन चुनिएका छन्।