एकताले दुर्घटनाबाट जोगायो : एनआरएनए अध्यक्ष पन्त
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एकता भएकाले संघ दुर्घटनाबाट बचेको बताएका छन्।
१० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष पन्तले अन्तिम समयमा भएको एकताले संघलाई टुक्रिनबाट जोगाएको बताएका हुन्।
सुरुमा महाअधिवेशन परराष्ट्रले रोकेको उनले बताए । ‘अस्तित्व स्वीकार नगर्ने परिपाटी सिर्जना भएको छ,’ उनले भने।
अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनाव नगरेको बताए।
‘फोर्स फुलि चुनाव नगर्न सुझाव थियो। साथी र अग्रजको आग्रहलाई मानेर चुनाव नगरेको हो,’ उनले भने ।
गाली सामन्य लाग्न थालेको उनले बताए । अभियान सार्थक बनाउनका लागि जो नेता भए पनि फुटाउने नहुने उनले तर्क गरे।
शेष घले पनि मूल धारमै आउने उनले बताए । ‘अब एनआरएनए कसैले बिग्रान सक्दैन,’ उनले भने।
राज्यको सहयोग बिना काम गर्न नसकिने भएकाले सहकार्य गर्न खोजेको उनको भनाइ थियो । ‘राज्यको सपोर्टबिना केही गर्न सकिन्न । सरकार फेरिएपछी चिसो आयो । तर, सहकार्य नगरी सुखै छैन,’ उनले भने ।
राज्यले पनि रियलाइज गरेकाले सम्बन्ध सुधार हुने उनले विश्वास व्यक्त गरे ।
तीन जना अध्यक्ष भए पनि भबिस्यमा नजिर नरहनेगरी डेढ वर्ष काम गर्ने उनले बताए । विधान परराष्ट्रबाट पारित गरेर सामूहिक नेतृत्वमा जाने उनको भनाइ छ ।
पुर्व अध्यक्षहरुको ७ जनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने बताए । उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुनेगरी उम्मेदवारको टुंगो लगाउने बताए।
गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूूहिक नेतृत्वमा जान लागिएको अध्यक्ष पन्तले बताए। ‘गम्भिर विवाद भएको भुल्नु हुँदैन, उम्मेदवारलाई समायोजन गर्नुपर्छ,’ उनले भने ।