एनआरएनएमा एकताको हार्मोनी हरायो : पूर्व अध्यक्ष लामिछाने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताएका छन्।
एनआरएनएको दशौं महाधिवेशन उद्घाटनका क्रममा बोल्दै एनआरएनएमा विषम परिस्थिति सिर्जना भएको बताए।
गैरआवासीय नेपालीहरुले नेपालको संमृद्धिको लागि हातेमालो गर्नुपर्ने उनको भनाइ छ। विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेकोमा उनले दु ख व्यक्त गरे।
विवादका कारण एनआरएनएको साख गिरेकोको उनले बताए। साख जोगाउन रचनात्मक काम गर्न आवश्यक भएको उनको भनाइ छ।
‘फाटेका मन सिलाउन सकिन्छ, सबैले जिम्मेवारी बहन गर्नुपछ,र्’ उनले भने।
अब एनआरएनएमा पक्ष विपक्ष नभएर काम गर्नुपर्ने सुझाए। धेरै काम सुरुवात भए पनि अझै कार्यान्वयनको चरणमा रहेकाले सबैले मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
ताजा अपडेट
प्रवास खबर
परराष्ट्रमन्त्री राणा क्यानाडा प्रस्थान
प्रवास खबर
आज विश्वकर्मा पूजा
प्रवास खबर
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रवास खबर