इगो राखेर एनआरएनए टिक्दैन : संस्थापक अध्यक्ष महतो

इगो राखेर एनआरएनए टिक्दैन : संस्थापक अध्यक्ष महतो

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले सांघुरिएर अघि बढेकाले संघमा विषम परिस्थिति आएको बताएका छन्।

शनिवारदेखि सुरु भएको संघको १० औँ अन्तराष्ट्रिय महाधिवेशनमा बोल्दै महताेले पद गौन भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नआउने बताए।

नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प नभएको उनको भनाइ थियो। ‘पाप नबोकाइदिनुहोस। संस्थामा आफ्नो सबै काम छोडेर लाग्न उचित हुँदैन । फुर्सदमा मात्र लाग्नु होला,’ उनले भने ।

गैरआवासीय नेपाली संघमा ६० लाख नेपालीको भएको भन्दै उनले इगो राखेर संस्था टिक्न नस्क्ने बताए। ‘मन नपर्ने बिषय रहे पनि सहेर बसेको छु।

‘मलाई इगोको मतलब हुँदैनन् । जसको अन्डरमा भए पनि काम गर्छु,’ उनले भने।

निर्वाचन ‘फेस टु फेस’ होस भन्ने चाहेको उनले बताए । प्रतिनिधि छ्नोटको व्यवस्था व्यवाहारिक नभएको उनले बताए। ‘संस्था बिगारेको पुरानोले हो, उनीहरुलाई ६५ प्रतिशत किन व्यवस्था गर्ने?’, उनले प्रश्न गरे।

एनआरएनएमा कोहि प्रतिपक्ष नहुने उनले बताए । विधान संसोधन गर्दा धेरै कुरा चित्त नभुज्दा पनि चुप लागेको उनको भनाइ थियो । ‘कुल ज्युले मान्नु भयो । सुन्दाखेरी राम्रो लाग्यो भन्नुभयो तर, पछि विरोध गर्नुभयो,’ उनले भने । सुन्दाखेरी भन्दा पनि गर्दाखेरी राम्रो हुनुपर्ने बताए।

विवादले छवि बिगार्न केही समय नलागेको बताए । ‘पदमा जो आएपनि न आएपनी केही फरक पर्दैन तर संस्था बच्च्नुपर्छ। संस्थास्था जिवित राख्नुपर्छ,’ उनले भने । नेपालीको समृद्धिका लागि एनआरएनएको भूमिका हुनुपर्ने उनले बताए।