एनआरएनएको महाधिवेशन रोक्न उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेश खारेज

काठमाडौं। गैरआवासीय नेपाली संघ ( एनआरएनए) को १० औं महाधिवेशन रोक्न यसअघि उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेश खारेज भएको छ।
महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै २४ र २५ मार्चमा तय भएको निर्वाचन रोक्नुपर्ने मागसहित स्पेनका चिन्तामणि सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले रिट निवेदन दायर गरेका थिए। सोही निवेदनका आधारमा उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।
तर, चुनाव रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका सापकोटा र पुडासैनीले नै आन्तरिक रूपमा मेलमिलाप भइसकेको र महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरीराख्नु नपर्ने भनेर निवेदन दिएपछि मुद्दा खारेज भएको उच्च अदालत पाटनकी उप-रजिस्ट्रार अमृता शर्माले प्रवास खवरलाई जानकारी दिइन।
अन्तरिम आदेशका कारण संघको २४ र २५ मा तय भएको निर्वाचन रोकियो। तर, २६ र २७ मार्चमा हुने भनिएको महाधिवेशन भने शनिबारदेखि होटल हिमालयमा हुँदैछ। संघले रोकिएको निर्वाचन पनि महाधिवेशनमै गर्ने भएको छ।
ताजा अपडेट

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ
