पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्। सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन्। कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।
पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ । जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।
प्रधानमन्त्री निर्वाचित, एन्टोनियो कोस्टाले बताए अनुसार, नयाँ सरकारको बलियो राजनीतिक आधार छ जुन पोर्तुगाली समाजमा विविध अनुभवहरूू भएका व्यक्तिहरू मिलेर बनेको छ ।
नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर