एनआरएनएमा बहु-अध्यक्षको अभ्यास थालनी, डा. केसी र आचार्यले नेतृत्व हाँक्ने सहमति

एनआरएनएमा बहु-अध्यक्षको अभ्यास थालनी, डा. केसी र आचार्यले नेतृत्व हाँक्ने सहमति

काठमाडौं । नेपालका राजनीतिक दल जस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि बहु अध्यक्षको प्रथा सुरु भएको छ। दुई अध्यक्ष हुने सहमति भएपछि अनन्त: संघ भित्रको विवाद सल्टिएको छ।

श्रोतका अनुसार दुई जना अध्यक्ष हुने (बहु अध्यक्षीय) प्रणाली अन्तर्रगत सहमति भएपछि फुटको संघारमा पुगेको संघ तत्काललाई जोगिएको हो।

सहमति अनुसार डा. बद्री केसी र कुल आचार्यले आगामी कार्यकालको नेतृत्व हाँक्ने पक्का भएको श्रोतको दावी छ। यधपी सहमतिको लागि बसिरहेको विशेष बैठक अहिलेसम्म पनि जारी छ।

श्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवालगायत नेपाली कांग्रेसका उच्चस्तरीय नेताको रोहवरमा केसी र आचार्य बहु-नेतृत्वको लागि तयार भएका हुन् । यता अध्यक्ष पदकै प्रत्यासी रहेकी रवीना थापालाई भने सल्लाहकार बनाउने तयारी छ। जसका लागि थापा पनि सहमत भएकी छिन्।

अन्य पदाधिकारी भाडबण्डामा सहमति हुन बाँकी छ।

पछिल्लो सहमतिलाई कार्यन्वयन गर्न विशेष महाधिवेशको आयोजना गरेर विधान संशोधन गरिने बताइएको छ।