‘अवैध गतिविधि’ रोक्न माग गर्दै प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई पत्र

 ‘अवैध गतिविधि’ रोक्न माग गर्दै प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई पत्र

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पूर्व अध्यक्ष शेष घलेले संघमा विधानविपरीत गतिविधि सञ्चालन गरेकोले त्यस्ता कार्य रोक्न अनुरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई पत्र पठाएको छ।

घले समूहले एनआरएनएकै नाममा महाधिवेशनको आयोजना गरेपछि संघले त्यसलाई रोक्न माग गरेको हो।

संघका अध्यक्ष कुमार पन्तले सोमबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पत्र पठाउँदै एनआरएनएको नाममा मंगलवारदेखि आयोजना गर्न लागिएको महाधिवेशन अवैध भएको र त्यसैलाई रोक्न अनुरोध गरेका हुन्।