एनाआरएनएको निर्वाचन प्रक्रिया अघि नबढाउन उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

एनाआरएनएको निर्वाचन प्रक्रिया अघि नबढाउन उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै २४ र २५ मार्चमा तय भएको निर्वाचन रोक्नुपर्ने मागसहित स्पेनका चिन्तामणि सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश दुर्गा बहादुर बिस्वकर्माको एकल इजलासले २३ मार्चसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिएको उच्च अदालत पाटनका उपरजिस्ट्रार तथा प्रवक्ता उप-रजिष्ट्रार
नगेन्द्रकेशरी पोखरेलले प्रवास खबरलाई बताए।

‘चैत ९ गते दुवै पक्षलाई छलफलको लागि बोलाइएको छ । त्यत्तिबेलासम्म ११ र १२ चैतमा तय भएको चुनाव सम्बन्धी प्रक्रिया अघि नबढाउन अल्पकालीन आदेश जारी भएको छ,’ प्रवक्ता पोखरेलले भने।