एनआरएनए निर्वाचन  : ३ हजार ९८ प्रतिनिधिले मात्र मतदान गर्न पाउने

एनआरएनए निर्वाचन  : ३ हजार ९८ प्रतिनिधिले मात्र मतदान गर्न पाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनाआरएनए)को २४ र २५ मार्चमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र सहभागी हुन पाउने भएका छन्।

संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरुलाई मतदाता नामावलीका हटाइएको जनाएको छ ।

यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो ।

करिव १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो ।

बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत शेल्फि लिन चुकेपछि सूचिबाट नाम हटाइएको हो।संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ।

अनलाइन मार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा.बद्री केसी र रवीना थापाबीच चुनाव हुँदैछ।