श्रमिकको तलब बढाउने मलेसियाली प्रधानमन्त्रीको घोषणा

श्रमिकको तलब बढाउने मलेसियाली प्रधानमन्त्रीको घोषणा

क्वालालम्पुर । मलेसिया सरकारले श्रमिकको तलब वृद्धि गर्ने भएको छ। प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले श्रमिकको न्यूनतम तलब १ हजार ५ सय मलेसियन रिंगेट पुर्याइएको  घोषणा गरेका हुन्।

जीवनयापन गर्दा लाग्ने बढ्दो लागतको सामना गर्नुपर्ने चुनौतीलाई महसुस गर्दै सरकारले सबै सार्वजनिक निकायका कर्मचारीहरूलाई मासिक कम्तिमा १ हजार ५ सय मलेसियन रिंगेट तलब र भत्ता पाउने सुनिश्चित गरेको प्रधानमन्त्रीको भनाइ छ।

उनले शुक्रबार गभर्नमेन्ट-लिङ्क्ड कम्पनीहरू (जिएलसी)को ओपन डे २०२२ को शुभारम्भ गर्ने क्रममा निजी क्षेत्रका कम्पनीहरूलाई पनि आफ्ना श्रमिकलाई सो न्यूनतम रकम प्रदान गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले दुबै जिएलसी र सरकार-सम्बन्धित लगानी कम्पनीहरू (जिएलआइसी) लाई आफ्ना स्थायी कर्मचारीहरूलाई कम्तिमा १ हजार ५ सय आर एम भुक्तानी गर्न आह्वान गर्दै अन्य कर्पोरेट संस्थाहरूलाई पनि त्यसै गर्न प्रोत्साहित गरेका हुन्।

हाल,मलेसियाका ५७ शहरहरूमा न्यूनतम पारिश्रमिक प्रतिमहिना १ हजार २ रिंगेट र ग्रामिण क्षेत्रहरूको लागि १ हजार १ सय आर एम कायम रहँदै आएको छ।

१ हजार २ सय रिंगेट तलब दिने निर्णय १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो।