एनआरएनए निर्वाचन : उपेन्द्र महतोको नेतृत्वमा ५ सदस्यीय अनुगमन समिति गठन

एनआरएनए निर्वाचन : उपेन्द्र महतोको नेतृत्वमा ५ सदस्यीय अनुगमन समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अनुगमन गर्न एक समिति गठन गरिएको छ।

२२ र २५ मार्चमा हुने संघकाे निर्वाचन अनुगमन गर्नको लागि संस्थापक अध्यक्ष उपेन्द्र महतोको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।

संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार उक्त निर्वाचन अनुगमन समिति गठन गरिएको संघका अध्यक्ष कुमार पन्तले बताए।

अनुगमन समितिमा पूर्व अध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, शेष घले र भवन भट्ट सदस्य रहेका छन्।