एनआरएनए चुनाव : १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने निश्चित

एनआरएनए चुनाव : १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने निश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका वर्तमान उपाध्यक्षद्धय रवीना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। संघको निर्वाचन समितिले तोकेको समयसिमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम भएपछि उनीहरुबीच निर्वाचन हुने भएको पक्का हो।

उम्मेदवारी दर्ताका लागि दिइएको समय ७ मार्चदेखि ११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जना भन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये विभिन्न १५ पदमा निर्विरोध चयन भएका छन्।
हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ।

उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री ( ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान) ले उम्मेदवारी दिएका छन्। यीमध्येबाट अत्याधिक मत ल्याउने ४ जना मात्रै निर्वाचित हुनेछन्।

यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेदवारी परेको थियो। दोहोरो उम्मेदवारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन्।

महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरनजीवी घिमिरेको उम्मेदवारी परेको छ। यीमध्येबाट ३ जना निर्वाचित भएर आउनेछन्।

महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ (टिका) को एकल उम्मेदवारी परेकोले निर्विरोध चयन भएकी छिन्।

यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ । यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।

त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइले पाएकी हुन्। त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

यता ५ न्यूज कारखाना,संयोजक पनि निर्विरोध चयन भएका छन्। मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन) (साउदी अरब), एसिया प्यासिफिकमा पारसमणि पोखरेल (जापान), युरोप संयोजकमा सन्तोष कुमार भट्टराई (जर्मनी), अमेरिकाज संयोजकमा प्रकाश सापकोटा (अमेरिका), अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन्।

ओसेनिया क्षेत्रीय संयोजकका लागि भने ३ जनाले उम्मेदवारी दिएका छन्। न्यूजील्याण्डका लाल बहादुर केसी तथा अष्ट्रेलियाका दिपक शर्मा र दिनेश राज जोशीबीच प्रतिस्पर्धा हुने भएको हो।

युरोप उपसंयोजक तीन पदको लागि ४ जनाको उम्मेदवारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललित कुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्र बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन्।

यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का (जापान), नविन विक (चीन) र हरि प्रसाद भट्टराई (मलेसिया) बीच निर्वाचन हुने भएको हो।

त्यसैगरी अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत (क्यानाडा) र पुरुषोत्तम बोहोरा (अमेरिका) निर्विरोध निर्वाचित भएका छन्। मध्यपूर्वको दुई उपसंयोजक पदमा तीन जनाबीच चुनाव हुनेछ। लाल प्रसाद पुन (बहराइन), अमित राई (कुवेत) र कृष्ण बहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो।यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका छन्।

यस्तै सबै क्षेत्रका महिला संयोजक निर्विरोध चुनिएका छन्। जसमा तृष्णा शर्मा अमेरिका, पान कुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक र उषा किरण बरिया ओसिनिया रहेका छन्।

यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज र डा. इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ  युरोप, स्वराज खाती , दिपक प्रसाद कंडेल

एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध चुनिए। संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन्।

संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ।