नेपाल र साउदी अरवबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरवबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

काठमाडौं। नेपाल र साउदी अरवबीच जनरल कोअप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता) मा हस्ताक्षर भएको छ।

मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन्।

दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।

उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।