डा. केसीद्धारा निर्वाचन प्रक्रियामा नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग गर्न माग

डा. केसीद्धारा  निर्वाचन प्रक्रियामा नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग गर्न माग फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी डा. बद्री केसीले निर्वाचन प्रक्रियामा नेपाली र अंग्रेजी दुवै भाषाको प्रयोग गर्न माग गरेका छन्।

सोमबार डा. केसीले इमेलमार्फत निर्वाचन समितिलाई दुवै भाषाको प्रयोग गर्न आग्रह गरेका हुन्।

अहिले निर्वाचन समितिले सूचना प्रवाह नेपाली भाषामा गरिरहेको छ। नेपाली भाषामा मात्रै सूचना प्रवाह हुँदा कतिपय प्रतिनिधिलाई कठिनाइ भइरहेको डा. केसीको भनाइ छ।

‘महाधिवेशन प्रतिनिधिमा दोस्रो पुस्ताको संख्या पनि ठूलो छ। नेपालीमा उनीहरुको बुझाइ राम्रोसँग नपुगेको हुनाले महत्वपूर्ण सूचनालाई गुमाउन सक्छन्,’ डा. केसीले भने, ‘ प्रतिनिधिहरूसँग अंग्रेजी वा दुवै भाषामा कुराकानी गर्न अनुरोध गर्दछु।’