एनआरएनए निर्वाचन : खुलातर्फ ३ सचिव पदमा ५ जनाको दावेदारी

एनआरएनए निर्वाचन : खुलातर्फ ३ सचिव पदमा ५ जनाको दावेदारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा ६ जनाले उम्मेदवारी दिएका छन्।

हाल संघको संसोधित विधानअनुसार सचिव पदमा एक महिलासहित ४ जना रहने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरनजीवी घिमिरेको उम्मेदवारी परेको छ। यीमध्येबाट ३ जना निर्वाचित भएर आउनेछन्।

महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ (टिका) को एकल उम्मेदवारी परेकोले निर्विरोध चयन भएकी छिन्।

संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ।