एनआरएनए चुनाव : महिला सहकोषाध्यक्षमा अमेरिकाबाट भट्टराईको उम्मेदवारी

एनआरएनए चुनाव : महिला सहकोषाध्यक्षमा अमेरिकाबाट भट्टराईको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा अमेरिका निवासी यमुना भट्टराईले उम्मेदवारी दिएकी छिन्।

संघको आगामी कार्यकालका लागि भट्टराईले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

लामो समयदेखि एनआरनएन अभियानमा क्रियाशील भट्टराईले एक असल समाजसेवीको छवी बनाएकी छिन्।

अमेरिकाको टेक्सास निवासी भट्टराई एक सफल व्यवसायी समेत हुन्।

भट्टराईले संघमा आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको प्रवास खबरसँग बताइन्।

संघको नेतृत्व तहमा महिलाको सहभागिता बढाउनु पर्ने उनको विशेष जोड छ। नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि आफ्नो प्रयास रहने भट्टराईले बताइन्।