खोप लगाएकालाई विदेशबाट आउँदा पीसीआर रिपोर्ट नचाहिने

काठमाडौँ । अब विदेशबाट आउँदा कोभिड परीक्षण गरेको पीसीआर रिपोर्ट नचाहिने भएको छ। तर, खोपको पूर्ण मात्रा भने लगाएको हुनुपर्नेछ।
खोप लगाएको प्रमाण नभएमा भने पीसीआर रिपोर्ट आवश्यक पर्नेछ।
विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको हो।
यसैगरी विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ।