एनआरएनएको महासचिवमा लण्डनबाट अधिकारीको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि महासचिव पदमा लण्डनबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार काठमाडौंस्थित सचिवालयमा पुगेर निर्वाचन समिति समक्ष उम्मेदवारी दर्ता गराएका हुन्।
मनाेनयन दर्ता गराएपछि उनले आफू महासचिवको उम्मेदवार शसक्त भएको दावी समेत गरे।
संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जराका अनुसार आज (सोमवार) देखि भोलि (मंगलवार) साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रकृया जारी रहने छ।
एनआरएनएको नयाँ नेतृत्वका लागि २१ र २२ मार्चमा निर्वाचन हुँदैछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर