एनआरएनए चुनाव : रोशन थापाले गराए युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता

एनआरएनए चुनाव : रोशन थापाले गराए युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

संघको वर्तमान कार्यसमितिमा अफ्रिका क्षेत्रीय संयोजकको जिम्मेवारीमा रहेका थापाले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

हाल अफ्रिकामै रहेका थापाले अनलाइनमार्फत प्रक्रिया पूरा गरी मनोनयन दर्ता गराएका हुन्।

संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जराका अनुसार आज (सोमवार) देखि भोलि (मंगलवार) साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रकृया जारी रहने छ।

एनआरएनएको नयाँ नेतृत्वका लागि २१ र २२ मार्चमा निर्वाचन हुँदैछ।

उम्मेदवारी शुल्क वापत थापाले बुझाएको ७ लाख रुपैयाँको रसिद। उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क ७ लाख तोकिएको छ।


No ads found for this position