एनआरएनए चुनाव : मतदाताको अन्तिम नामावाली प्रकाशन, मनोनयन दर्ता सुरु

एनआरएनए चुनाव : मतदाताको अन्तिम नामावाली प्रकाशन, मनोनयन दर्ता सुरु अध्यक्षकी प्रत्यासी रवीना थापासहित निर्वाचन आयुक्त र सचिवालयका अधिकारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समितिले मतदाता अन्तिम नामावली प्रकाशन गरेको छ । संघको निर्वाचन समितिले विभिन्न देशका ३५ सय ९० प्रतिनिधिको नाम प्रकाशन गरेको हो।

एनआरएनएको नयाँ नेतृत्वका लागि २१ र २२ मार्चमा निर्वाचन हुँदैछ।

यस्तै सोमबारबाटै मनोनयन दर्ता सुरु भएको छ।

संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जाराका अनुसार संघको पूर्वनिर्धारित कार्यतालिका अनुसार आज (सोमवार) देखि भोलि (मंगलवार) साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रकृया जारी रहने छ।

उम्मेदवार हुन् चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ।

संघको अध्यक्षसहित ६० पदाधिकारीको लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

गत अक्टोवरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादको कारणले रोकिएको थियो।

संघको नयाँ नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, रविना थापा र कुल आचार्य चुनावी मैदानमा उत्रिने सम्भावना छ।

प्रतिनिधिको अन्तिम नामावली यहाँबाट हेनुहोस्

 



No ads found for this position