ओमन प्रवेश गर्न नेपालीलाई पीसीआर रिपोर्ट नचाहिने

मस्कट। अबदेखि ओमन प्रवेश गर्न नेपालीलाई कोभिड परीक्षण गरेको पीसीआर रिपोर्ट नचाहिने भएको छ।
ओमनमा मान्यता प्राप्त खोप दुई डोज लगाएका व्यक्तिलाई पीसीआर रिपोर्ट आवश्यक नपर्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ। जोनसोन एण्ड जोनसनको भने एक मात्रै डोज लगाएको भए हुनेछ।
यस्तै यात्रा गर्दा आवश्यक पर्ने ट्राभल सर्टिफिकेट पनि अवदेखि आवश्यक नपर्ने भएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर