युक्रेनलाई  यूएईकाे ५० लाख अमेरिकी डलर सहयोग

युक्रेनलाई  यूएईकाे ५० लाख अमेरिकी डलर सहयोग आबुधाबी, यूएई

दुबई । रुससँग आफ्नो स्वतन्त्रता रक्षाका लागि लडिरहेको युक्रेनलाई संयुक्र अरब इमिरेट्स (यूएई) ले मानवीय सहयोग गरेको छ। यूएईले युद्धबाट प्रभावित युक्रेनका नागरिकलाई ५० लाख अमेरिकी डलर मानवीय सहायताको घोषणा गरेको हो।

यूएईबाट प्रकाशित सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्रसंघको मानवीय फ्ल्यास अपील र युक्रेनका लागि क्षेत्रीय शरणार्थी रेस्पोन्स योजनाअन्तर्गत यो सहयोग गरिएको हो।

२८ फेब्रुअरीमा युक्रेनको मानवीय अवस्थाबारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा धारणा राख्ने क्रममा यूएईले युक्रेनका नागरिकको बिग्रँदै गएको मानवीय स्थितिमा ध्यान केन्द्रित गर्ने महत्त्वलाई जोड दिएको थियो।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आधिकारिक रूपमा १ मार्च , २०२२ मा एक अपिल गरेका छन्। उनले युक्रेनमा संयुक्त राष्ट्रको मानवीय कार्यका लागि कोष खडा गर्नुपर्ने उल्लेख गरेका छन्।