कतार प्रवेश गर्ने नेपाली क्वारेन्टाइन बस्नु नपर्ने

कतार प्रवेश गर्ने नेपाली क्वारेन्टाइन बस्नु नपर्ने

दोहा। कतारको स्वास्थ्य मन्त्रालयले यहाँको यात्रा तथा फिर्ती नीतिलाई अध्यावधिक गरेको छ। जसअनुसार पूर्णरुपमा खोप प्राप्त गरेका र कोभिड लागेर निको भइसकेकालाई अब क्वारेन्टाइन बस्नु नपर्ने भएको छ। यो नियम २८ फेब्रुअरी साँझको ७ बजे भन्दापछि कतार प्रवेश गर्ने यात्रीहरूको लागि लागू हुने बताइएको छ।

नयाँ नीतिअनुसार यसभन्दा पहिले गरिएको देशहरूको वर्गिकरणलाई पनि खारेज गरिएको छ। यसभन्दा पहिले ‘ग्रिन’, ‘रेड’ र ‘एक्सेप्सनल रेड’ भनेर देशहरुलाई वर्गिकरण गरिएको थियो। तर, अबदेखि कतारले दुई किसिमका मापदण्डका उपायहरू अगाडि सारेको छ। जसअनुसार ‘स्ट्यान्डर्ड’ र ‘रेड’ गरि दुई किसिमका स्वास्थ्य मापदन्ड तय गरिएको छ।

नेपालसहित बंगलादेश, इजिप्ट, जर्जिया, भारत, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकाबाट आउने यात्रीहरूले रेड’ (रातो) स्वास्थ्य मापदण्ड अबलम्बन गर्नुपर्नेछ।यी बाहेक अन्य सबै देशहरूबाट आउने यात्रीहरूमा ‘स्ट्यान्डर्ड’ मापदन्ड लागू हुनेछ।

कतारी नागरिक र रातो सूचीमा रहेका देशहरूका बासिन्दाहरूले पूर्ण खोप लगाएका वा कोभिड भइ निको भएको भएमा क्वारेन्टाइनको आवश्यकता पर्नेछैन। तर, उनीहरू खोप प्राप्त नगरेका वा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा पाँच दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्नेछ।

प्री- ट्राभल टेस्ट (पूर्व-यात्रा परीक्षण) केवल खोप नभएका र नन् इम्युन रेसिडेन्स (गैर-प्रतिरक्षा बासिन्दा) हरूको लागि भने अनिवार्य हुनेछ।

स्ट्यान्डर्ड स्वास्थ्य मापदण्ड :

–पूर्ण खोप लगाएका वा निको भएका कतारी र त्यहाँका बासिन्दाहरू क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ। तर, खोप नलगाएको वा प्रतिरोधी क्षमता नभएको खण्डमा पाँच दिनसम्म घरमा आइसोलेसनमा बस्नुपर्नेछ।

त्यस्तै, खोप नलगाएका र नन् इम्युन (गैर–प्रतिरक्षा) भएकाहरुका लागि मात्र यात्रा समयदेखि ४८ घन्टासम्मको मान्यता भएको प्रि–ट्राभल (पूर्व प्रस्थान) पीसीआर परिक्षण अनिवार्य गरिएको छ। कतार प्रस्थान गरेसँगै पूर्ण रूपमा खोप लगाएकाहरूले २४ घण्टा भित्र रेपिड एन्टिजेन परीक्षण अनिवार्य रुपमा गर्नुपर्नेछ। खोप नलगाएकोले २४ घण्टाभित्र पीसीआर परीक्षण र पाँचौँ दिनमा रेपिड एन्टिजेन परीक्षण गर्नुपर्नेछ।

यदी यात्री पूर्ण रूपमा खोप प्राप्त गरेका वा निको भएको खण्डमा क्वारेन्टाइन बस्नु नपर्ने बताइएको छ। तर, उनीहरू खोप नलगाएको वा गैर–प्रतिरक्षा नभएको खण्डमा पाँच दिनसम्म होटलमा वा नजिकको आफन्त भएमा घरमा अलग्गै बस्नु पर्नेछ। सबै आगन्तुकको लागि पूर्व–यात्रा परीक्षण अनिवार्य गरिएको छ। यात्रा पछि, खोप नलगाएका यात्रीहरूको हकमा पाँचौं दिनमा रेपिड एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ।

प्रतिरक्षा स्थिति ः

बूस्टर डोज वा कोभिड खोपको स्वीकृती दोस्रो डोज (जे७जेको सन्दर्भमा पहिलो डोज) लिएको नौ महिनाभन्दा बढी नभएको खन्डमा त्यस्ता ब्यक्तिलाई पूर्ण रूपमा खोप लगाएको मानिने बताइएको छ। कोभिड–१९ भइ निको भइसकेपछि नौ महिनासम्म पनि प्रतिरक्षा लागू हुने बताइएको छ।

खोप प्राप्त नगरेका बालबालिका

–पूर्ण खोप लगाएका वा कोभिड भई निको भएका अभिभावकसँग यात्रा गर्ने १२ वर्षभन्दा कम उमेरका खोप प्राप्त नगरेका बालबालिकाहरूको लागि उनीहरूका अभिभावकलाई लागू हुने नियमहरू नै लागु हुनेछन्, र उनीहरूको लागि प्रि–ट्राभल (पूर्व यात्रा) पीसीआर परीक्षण आवश्यक नपर्ने भएको छ। तर, आगमनपछि र्यापिड एन्टिजेन परीक्षण भने गर्नुपर्नेछ।