एनआरएनए चुनाव : सेल्फी र डकुमेण्ट अपडेटका लागि दुई दिन म्याद थप

एनआरएनए चुनाव : सेल्फी र डकुमेण्ट अपडेटका लागि दुई दिन म्याद थप

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई २४ फेब्रुअरीसम्म एमआइएस सिस्टममा फेस प्रमाणिकरण (सेल्फी) लिन र कागजात अपडेट गर्न आग्रह गरेको छ।

यसअघि सेल्फि लिन २२ फेब्रुअरीसम्म दिएको म्यादलाई निर्वाचन समितिले २४ फेब्रुअरीसम्म बढाएको हो।

निर्वाचन समितिका प्रमुख भीमशेन बञ्जराले सूचना जारी गर्दे सेल्फी नदिएका र कागजात नपुगेका प्रतिनिधिहरुलाई आउँदो बिहिवारसम्म प्रक्रिया पूरा गर्न अनुरोध गरेका छन्।

निर्वाचन समितिले करिब ८५ प्रतिशत प्रतिनिधिहरुले सेल्फि लिइसकेको जनाएको छ।

निर्वाचन समितिले २१ र २२ मार्चमा अनलाइन प्रणालीमार्फत मतदान गर्ने तयारी गरेको छ।