एनआरएनए साउदीद्धारा पीडित नेपालीको नि : शुल्क स्वास्थ्य उपचार

एनआरएनए साउदीद्धारा पीडित नेपालीको नि : शुल्क स्वास्थ्य उपचार

काठमाडाै‌। गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले त्यहाँ कार्यरत नेपालीहरुलाई नि : शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ।

रोजगारीको लागि साउदी अरब पुगि विभिन्न कारणले समस्यामा परेका, मेडिकल कार्ड नभएका, कम्पनीले उपचार नगराइदिएका  पीडित नेपालीहरुलाई संघले नि : शुल्क उपचार गराएको हो।

संघले आफ्नो  फेसबुक पेजमा एक सूचना जारी गर्दै उपचार गर्न नसकेका पीडितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

‘उपचार गर्न नसक्ने पीडितलाई मध्यनजर गर्दै यो अभियान सुरु गरेका छौँ,’ एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले प्रवास खबरसँग  भने। यो सेवा साउदीका सबै ठाउँमा उपलब्ध हुनेछ।

संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माम, जुबैल र हाइलमा नि : शुल्क स्वास्थ शिविर सञ्चालन गरिसकेको अध्यक्ष यादवले जानकारी दिए। अहिलेसम्म २ सय ५० भन्दा बढी पीडित नेपालीले सेवा लिएको उनको भनाइ छ।