संसद् बैठक सुरु, एमसीसी टेबल हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल हुने भएको छ ।
संसद् बैठकअघि संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी समावेश गरिएको हो।
आज बसेको सत्ता गठबन्धन, कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबुल गर्न दिने सहमतिपछि कार्यसूचीमा राखिएको हो ।
आइतबारको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको छ।