मध्यपूर्वलाई हेलाको दृष्टिले हेरिएको भन्दै सल्लाहकार कार्की आक्रोशित

मध्यपूर्वलाई हेलाको दृष्टिले हेरिएको भन्दै सल्लाहकार कार्की आक्रोशित

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले समूहले महाधिवेशन प्रतिनिधि विवाद मिलाउने निउमा मध्यपूर्वका अधिकाँश देशका प्रतिनिधिको संख्या कटौती गर्ने तयारी गरे पछि विवाद उत्पन्न भएको छ।

अध्यक्षका प्रत्यासी कुल आचार्यको इसारामा मध्यपूर्वलगायतका ६१ देशका ९ सय प्रतिनिधि कटौती गर्न लागेपछि मध्यपूर्वमा रहेका नेपालीहरुले पीएनओ (पीपल फरम नेपाली ओरजीन) नामको संस्था दर्ता गर्न खोजेको भन्दै आक्रोश पोखेका छन्।

सल्लाहकार टिबी कार्कीले संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको योगदान अन्य क्षेत्रको भन्दा अझ बढी र मजबुद रहेको बताएका छन्।

एनआरएनएको अभियानमा मध्यपूर्वका नेपालीहरुको रगत र पसिना परेको बताउँदै कार्कीले भने, ‘बरु पीएनओ खाेलेर बस् तर, मध्यपूर्वका नेपालीलाई दुःख नदेउ।’

कार्कीले संघको विवाद मिलाउने नाममा ठूलो संख्यामा प्रतिनिधि कटौती गरेर मध्यपूर्वलाई दुःख दिने र चिडाउने काम बन्द गर्न आग्रह गरेका छन्।

यसअघि संघका उपाध्यक्ष सोनाम लामाले एक कपोकल्पीत प्रतिवेदन संघको उच्चस्तरीय समितिमा १९ देशमा महाधिवेशन प्रतिनिधि शुन्य रहने प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनप्रति विश्वभर छरिएका राष्ट्रिय समितिहरुले आलोचना गरेका छन्।