अख्तियारी दुरुपयोग गर्ने हिराचनलाई मर्यादाभित्र बस्न पन्तको चेतावनी

अख्तियारी दुरुपयोग गर्ने हिराचनलाई मर्यादाभित्र बस्न पन्तको चेतावनी

काठमाडौं। आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति विगठन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन चेतावनी दिइएको छ।

हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलवार एक पत्र देख्दै सो चेतावानी दिएका हुन्।

पत्रमा सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसीसीलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ।

पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन दिएका छन्।

पन्तले आइसीसीको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको जनाएका छन्।

उनले अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाइ सकेको अवस्थामा निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध समेत गरेका छन्।

हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित विघठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए। सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले थिए। विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई ८ राष्ट्रिय समितिले अस्वीकार गरे पछि उनी सो समितिबाट पछि हटेका थिए।



No ads found for this position