एनआरएनए पूर्व अध्यक्ष घले र हिराचनमाथि अख्तियारी दुरुपयोगको आरोप, कारवाहीको तयारी

एनआरएनए पूर्व अध्यक्ष घले र हिराचनमाथि अख्तियारी दुरुपयोगको आरोप, कारवाहीको तयारी

टोकियो । गैरआवासीय नेपाली संघका पूर्वअधयक्ष शेष घले समूहले जापानमा पत्र आतंक मच्चाएको छ।

संघको विघठित उच्चस्तरीय समितिका संयोजक शेष घलेको समूहले मंगलवार एनआरएनए जापानको नाममा नक्कली पत्र जारी गरेको भेटिएको छ।

समितिको तर्फबाट पूर्वअध्यक्ष देवमान हिराचनद्धारा उच्चस्तरीय समितिको निर्णयको जानकारी भन्दै जारी पत्रमा एनसीसी जापानको वर्तमान कार्यसमिति विघटन गरि संस्थापक अध्यक्ष राजन प्राधानाङ्गको संयोजकत्वमा तर्दश समिति गठन भएको दावी गरिएको छ।

८ बुँदे निर्णयको दावी गरिएको सो पत्रमा अध्यक्ष शिव प्रसाद पौडेल र अनिता गुरुङ समूहलाई संस्था निजी तथा जिन्सी सम्पति हस्तान्तरण गर्न भनिएको छ।

पत्रअनुसार उच्चस्तरीय समितिले एनआरएनए जापानको तर्फबाट छुट्टै महाधिवेशन प्रतिनिधि पठाउने तयारी गरिएको छ। पत्रमा हिराचनको एकल हस्ताक्षर रहेको छ।

गैरआवासीय नेपाली संघको ८१ औं वैठकले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । सो कार्यदलको समयसिमा २६ जनवरीभित्र थियो। संघको केन्द्रीय समितिको बैठकले एनआरएनए जापानको विवाद मिलाउन पूर्वअध्यक्ष भवन भट्लाई जिम्मा लगाएको थियो।

संघको एक पदाधिकारीका अनुसार संघले हिराचनको पत्रलाई अख्तियारीको दुरुपयोगको रुपमा लिएको छ। स्रोत भन्छ। ‘यस्तै गैरजिम्मेवार काम होला भन्ने सोचिएको थिएन् तर, उहाँहरु सिमाभन्दा बाहिर जानु भयो, यसलाई संस्थाले गम्भिर रुपमा लिएको छ।’

संघको विवाद मिलाउन जिम्मा लिएको घलेले संयोजकत्वको समितिले निर्णय दिन नसकेपछि संघका अध्यक्ष कुमार पन्तले आइतवास साँझ मतदाताहरुको नामवली निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए। उच्चस्तरीय समितिका सदस्यहरु पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र अध्यक्ष पन्त संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाएर निर्वाचन गर्ने पक्षमा उभिएका थिए भने घले र हिराचनले निर्वाचन रोक्न लागेका थिए ।