भ्यालेन्टाइन्स डेका अवसरमा सयौँको विवाह

भ्यालेन्टाइन्स डेका अवसरमा सयौँको विवाह

मेक्सिको। प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी–प्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।

विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरुको भेटघाट पाँच बर्ष अगाडि भएको थियो ।
वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए ।

“मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गरेका थिए, उनीहरु अहिले खुशी नै छन, त्यसैले मैले पनि यही तरिका अपनाएँ,” विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने ।

धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान पनि गरिएको थियो । “एकै ठाउँमा एकैचोटी ६६१ जोडिको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,” व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन् ।