वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिने

वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिने

काठमाडौ। वैदेशिक रोजगार विभागको कार्यलयमा प्रहरी टोली परिचालन हुने भएको छ । वैदेशिक रोजगारीको नाममा भै रहेको ठगी नियन्त्रणका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा इन्सपेक्टर समेत रहने गरी मानव बेचबिखन अनुसन्धान व्यूरोबाट सात जनाको टोली परिचालन हुने भएको हो।

मंगलबार देखि डीएसपीको कमाण्डमा परिचालन हुने प्रहरी टोलीले विभागमा आउने उजुरी लिने, तत्काल कारवाहीको प्रक्रियामा जानुपर्ने अवस्था भएका कारवाही प्रक्रियामा खटिने तथा विभागमा आउने उजुरीको अनुसन्धानको काममा पनि सहयोग गर्ने विभागको जनाएको छ । विभागका अनुसार प्रहरी टोली आवश्यकता अनुसार काठमाडौ उपत्यका बाहिर पनि परिचालन हुनेछन्।

भिजिट भिसाका नाममा ठगी बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गर्न गृहमन्त्रालयसँग अनुरोध गरेका थिए ।