नक्कली राहदानी र स्वास्थ्य कागजात बोकी इन्डोनेसिया प्रवेश गर्ने भारतीय नागरिक पक्राउ

नक्कली राहदानी र स्वास्थ्य कागजात बोकी इन्डोनेसिया प्रवेश गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौ। नक्कली राहदानी र स्वास्थ्य कागजात प्रयोग गरेर इन्डोनेसिया प्रवेश गर्ने क्रममा एक भारतीय नागरिक सोकार्नो–हट्टा विमानस्थलबाट पक्राउ परेका छन् । रविमान बराती नाम गरेका ती व्यक्तिले नक्कली राहदानी सहित पीसीआर परीक्षणको नक्कली रिपोर्ट र खोप प्रमाणपत्र साथमा बोकेका थिए ।

सोकार्नो हट्टा अध्यागमनको बिशेष “क” बर्गको इन्टेलिजेन्स प्रमुख अण्डिका पाण्डु कुर्नियावानले बताए अनुसार ती व्यक्तिको राहदानीमा नामको सुरुमा “भिएम” लेखिएको थियो । शुरुमा ती ब्यक्तिले आफ्नो बोर्डिङ पास र खोप प्रमाणपत्र शौचालयमा फालेर प्रमाण नष्ट गर्ने प्रयास गरेको बताइएको छ ।
अनुसन्धानका आधारमा ती भारतीयको अन्तिम गन्तव्य इन्डोनेसिया नभएको बुझिएको छ । ती व्यक्तिलाई इन्डोनेसियाको गन्तव्यबारे सोध्दा ठोस जवाफ दिन नसकेको बताइएको छ । त्यस्तै, उनको ट्राभल हिस्ट्रीका आधारमा उनी नेपाल र मलेसियामा यसअघि नै रोकिईसकेको खुल्न आएको छ । ती ब्यक्तिले हाल आफू क्यानडा जान लागेको दाबी गरेको बताइएको छ ।

ती व्यक्तिलाई हाल अध्यागमनको हिरासतमा राखी अध्यागमन ऐनको धारा ११९ को बुँदा २ अनुसार चेतावनी दिइएको छ । कुर्नियावानका अनि यसरी नक्कली राहदानी पठाउने सिन्डिकेटको अनुसन्धान भईरहेको छ ।