प्रधानसेनापति शर्मासँग यूएईका राजदूतको भेट

प्रधानसेनापति शर्मासँग यूएईका राजदूतको भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत शइद हामदान अल नाक्युवीले शिष्टाचार गरेका छन ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उनीहरुबीच दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर तुल्याउने विश्वास लिइएको जनाएको छ ।